नेकपा (माओवादी केन्द्र)ले प्रदेशका पूर्वनिर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ।
शुक्रवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्वनिर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल आगमी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए।
उनले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जान लागेको जानकारी दिँदै बैठकले प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने बताए।
उनले प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने पनि बताए।
उनले भने, ‘हामी फेरि १५ गते ३ बजे बस्छौं। अध्यक्ष कमरेड नेपाली जनप्रगतिशील मञ्चका निम्तोमा जापान जाँदै हुनुहुन्छ २१ गते। २१ देखि २५ गतेसम्म उहाँको जापान भ्रमण हुने भएकोले हामीले पहिला निर्धारित प्रदेशका बैठकहरुको बारेमा जुन तालिका थियो त्यो परिवर्तन गरको छौँ। २० गते, २२ गते र २४ गतेको कार्यक्रम परिवर्तन गरेका छौँ। मधेस प्रदेशको पहिला २९ गते थियो २ गते सारियो, प्रदेश १ को २६ गते हुने भयो। लुम्बिनी प्रदेशको २४ गते थियो, २९ गते सुदूरपश्चिमको २८ गते थियो ४ गते हुने भयो। प्रवासको ६ गते र विशेष प्रदेशको ४ गते र सम्पर्क मञ्चको ८ गते हुन्छ।’
पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय