हिमाल दैनिक
निर्वाचन कार्यालयमा कांग्रेसको प्रदर्शन, बूढानीलकण्ठबाट नक्कली मतदाता हटाउन माग
Ktm congress 4 at election office
बूढानीलकण्ठ नगरपालिकामा बसाई सराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै निष्पक्ष छानविनका लागि कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको छ। २०७४ देखि २०७९ सालसम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा तीन हजार भन्दा बढि फर्जि मतदाताहरुले मतदान गरेको आरोप लगाउँदै कांग्रेसले आफूसँग प्राप्त प्रमाणसहित निर्वाचन आयोगमा बुझाउँदै छानविनलाई प्रभावकारी बनाउन मागसहित कांग्रेसका नगरवासी नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन्। आगामी निर्वाचनमा फर्जि मतदाताको नाम हटाउनुपर्ने र किर्ते काममा सहभागीलाई कारवाहीका लागि ध्यानाकर्षण गर्न प्रदर्शन गरिएको कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव बद्री भट्टराईले जानकारी दिए। उनले नगरपालीकाभित्र सरकारी छापको दुरुपयोग गरिएको, कार्यालय सचिवको हस्ताक्षर प्रयोग भएकाले फौजदारी संहिता अनुसार कारवाही गर्नुपर्ने आफुहरुको माग रहेको पनि बताए। आफुहरुको उठाएका मागको सुनुवाई नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिँदै उनले यसअघि बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले निर्वाचन आयोगमा उजुरी दिएको बताए।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update