नेपाल सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७९ साल मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको छ।
बिहिबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबमा बसेको मन्त्रिपरिषदको बैठकले संघ र प्रदेश सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
निर्वाचन आयोगले यसअघि नै सरकारलाई जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्दै कार्तिकको अन्तिम सातादेखि मंसिरको पहिलो साताभित्र निर्वाचनको मिति तय गर्न सुझाव दिएको थियो।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्