हिमाल दैनिक
सभामुख, अध्यक्ष नेपाल र डा भट्टराईबाट गिरीप्रति श्रद्धाञ्जली
PRO_KTM-IMG-2327
सभामुख अग्नीप्रसाद सापकोटाले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी सभामुख सापकोटाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल सानेपा पुग्नुभएको थियो । [caption id="attachment_34136" align="alignnone" width="2560"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । तस्बिरः प्रदीपराज वन्त/रासस[/caption] श्रद्धाञ्जलीपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले गिरीको निधनले मुलुकले सिद्धान्त, निष्ठवान र अध्ययनशील व्यक्तित्व गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदीपजीले तुलनात्मक अध्ययन गरेर समाजवाद नै उत्कृष्ट व्यवस्था हो भन्ने निक्र्योल गर्नुभयो । नेपाली राजनीतिप्रति चिन्ता व्यक्त गर्नुहुने उहाँले समाजवादी शक्तिलाई अघि बढाउन योगदान पु¥याउनुभएको छ ।” नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उहाँप्रति श्रद्धाञ्जली अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उहाँको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पु¥याइएको हो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । रासस [caption id="attachment_34137" align="alignnone" width="2560"] नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उहाँकी धर्मपत्नी नेत्री हिसिला यमी । तस्बिरः प्रदीपराज वन्त/रासस[/caption]
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update