नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनित गरेका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले पार्टी संसदीय दलको विधानको व्यवस्था बमोजिम सांसद रायमाझीलाई राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा मनोनित गरेका हुन्।
कांग्रेसका तत्कालिन सांसद राधेश्याम अधिकारी गोलाप्रथामा चार वर्षे कार्यकालमा परेपछि गत फागुनमा पदमुक्त भएदेखि नै रिक्त रहँदै आएको दलको नेतामा रायमाझीलाई देउवाले मनोनित गरेपछि अब कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेताविहिन अवस्थाबाट मुक्ति पाएको हो।
साढे चारवर्ष अघि ०७४ सालको निर्वाचन लगत्तै गठन भएको राष्ट्रिय सभामा गोलाप्रथाका माध्यमबाट रायमाझी ६ वर्षे कार्यकालमा परेका थिए।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय