हिमाल दैनिक
एनसीसी बैँक र फोन पेबीच क्यासब्याक सम्झौता
image
नेपाल क्रेडिट एण्ड कमर्स बैँक (एनसीसी बैँक) र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ। एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु.१०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ। एनसीसी बैंकले जारी गरेको विज्ञप्ति अनुसार, यस अफर अन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्नेछ। दशैँ र तिहार गरी २ पटक यो अफर संचालन हुने भएको छ। दशैँ लक्षित यस अफर असोज ७ गते देखि असोज १४ गतेसम्म संचालन हुनेछ भने तिहारलाई लक्षित गरी कार्तिक २ देखि कार्तिक ६ गते सम्म संचालन हुने विज्ञप्तिमा उल्लेख छ। देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३९ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update