हिमाल दैनिक
बैगुनी बोहोराले पाँच वर्षमै बिर्सिए खाणकाे गुन, दिए रुपन्देही ३ मा उम्मेदवारी
khan vs bohora
पाँच वर्षअघिको आम निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादीसहितको वामगठबन्धनका विरुद्धमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहोराले उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा बोहोरालाई वाम गठबन्धनका तर्फबाट मैदानमा उत्रिएका एमाले नेता घनश्याम भुसालले झिनो मतअन्तरले पराजित गरेका थिए। विगतका निर्वाचनमा पटक पटक सोही क्षेत्रबाट उम्मेदवार बन्दै र पटक पटक निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले त्यतिबेला पार्टीभित्रको चर्को आलोचनाका बाबजूद समानुपातिक सूचिमा बस्दै राप्रपा उम्मेदवार बोहोराको पक्षमा सबै किसिमको साथ र सहयोग पनि गरे। आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पुरानै निवाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने तयारीमा लागेका कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाण यसपटक आफूलाई बोहोराले प्रत्यक्ष नसकेपनि अप्रत्यक्ष रुपमा सघाउने आशामा बसेका थिए। जसको कारण चुनावी सरगर्मी बढेलगत्तै पटक पटक नेता बोहोरासँग एकल र सामूहिक वार्ता पनि गरेको स्रोतको दाबी छ। खाणसँगको वार्ताका क्रममा बोहोराले आफूलाई यसअघिको निर्वाचनमा सघाएको स्मरण गर्दै आफू जस्तोसुकै परिस्थितिमा पनि खाणको विरुद्धमा उम्मेदवार नबन्ने बताउँदै रुपन्देही १ मा नै चुनाव लड्ने आश्वासन दिएका थिए। यसअघि खाणले लगाएको गुन बिर्सिएर आफू बैगुनी नबन्ने बचनप्रति खाण पनि करिब करिब ढुक्क थिए। तर, नेकपा एमालेसँग केही सिटमा तालमेल गरेको राप्रपा र यसका नेता बोहोराले चोहेजस्तो एमालेले रुपन्देही १ मा बोहोरालाई समर्थन गर्न नसकिने भन्दै क्षेत्र नम्बर ३ मा जान भनेपछि अन्ततः आइतबार बोहोराले क्षेत्र नम्बर ३ मै मनोनयन दर्ता गरेका छन्। बोहोरासँगै कांग्रेसस नेतेृत्वको सत्तारुढ गठबन्धनको तर्फबाट भने खाणले उम्मेदवारी दिएका छन्। यसरी अघिल्लो पटक लगाएको गुनको बदलामा अरु कुरा नभएपनि उम्मेदवारी नदिएर भएपनि सहयोगको आशा गरेका खाणलाई बोहोराले वेवास्ता गर्दै उम्मेदवारी दिएर चुनौति दिएका छन्।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update