नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग सार्वजनिक बहसका लागि चुनौती दिएका छन्।
आसन्न आम निर्वाचनको प्रचारप्रसारका क्रममा मंगलबार सामाजिक संजालमार्फत पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो फेसबुकमार्फत यस्तो चुनौती दिएका हुन्।
वाकचातुर्यतामा खप्पिस भनेर कहलिएका ओलीले आज आफ्नो फेसबुकमार्फत सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले आफूलाई लाक्ष्भ डिबेटमा आउन आग्रह गरेको र त्यसमध्ये पनि कांग्रेस सभापति देउवासँग एजेण्डामा आधारित बहसका लागि सुझाव दिएको उल्लेख गर्दै पश्चिमा मुलुकमा जस्तै देउवासँग बसहका लागि आफू तयार रहेको बताएका छन्।
साथै उनले भनेका छन्, ‘निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि?’ भनि प्रश्न गरेका छन्।
भाषणवाजीमा खासै दख्खल नराख्ने देउवालाई वाकचातुर्यता र अरुलाई गालीगलौज गर्न खप्पिस ओलीले यसरी दिएको चुनौतीलाई ओलीमा पलाएको दम्भ र अहंकारको नमूना बाहेक केही भन्न नसकिने प्रतिक्रिया कांग्रेसका एक नेताले दिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय