हिमाल दैनिक
कांग्रेसका क्रियाशील सदस्य वाग्लेविरुद्ध अनुशासनको कारबाही
311862569_102508352664117_855263280232402846_n
नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्य इच्छाबहादुर वाग्लेलाई कारवाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै वाग्लेलाई कारवाही गरेको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ३४ को उपधारा ४ ९क० बमोजिम ५ ९पाँच० वर्षका लागि पार्टीको सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो । कांग्र्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका नेता तथा कार्यकर्ताको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरेको छ । रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update