हिमाल दैनिक
सत्तागठबन्धनले जितेपछि मात्र नागरिकता समस्या हल हुन्छः निधि
bara
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्तागठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गरेका छन्। नेपाली कांग्रेस बाराद्धारा पार्टी कार्यालय कलैयामा बिहिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले गठबन्धनका उम्मेदवारहरुलाई भोट हालेर सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। ४ मंसिरको चुनाबपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यहि सरकारले नागरिकता विधेयक अघि बढाएर मधेसमा नागरिकता बिहिन अवस्थामा समस्या झेलिरहेका नागरिकको नागरिकता समस्याको सधैँका लागि हल गर्ने दाबी गरे। नेता निधिले चुनाबमा एमाले नेतृत्वको गठबन्धन बलियो भएमा नागरिकता समस्या कहिल्यै पनि हल नहुने बताउँदै गठबन्धनको पक्षमा एकताबद्ध हुन पनि आग्रह गरे। वर्तमान सरकारले गत साउनमा नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट दुई पटकसम्म बहुमतको आधारमा पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउँदा एमालेको उक्साहटमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रावधानविपरित यथास्थितिमै अडाइरहेकीछिन्। जसको कारण यसअघिको ऐनका आधारमा जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका करिब ७ लाख युवायुवती नागरिकताबाट बञ्चित भएको मधेसवासीहरुको जनगुनासो छ। कांग्रेस जिल्ला सभापति राजेश यादवको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्ब राज्यमन्त्री कलावती पासवान, पूर्ब सांसद शोभाकर पराजुली लगायतले पार्टीभित्रका सानातिना बिबादलाई भुलेर गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आह्वान गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update