नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले मंसिर ४ गतेको चुनावमा मधेशी जनताको अधिकार दमन गर्ने एमाले नेतृत्वको गठबन्धनलाई परास्त गरी पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न आह्वान गरेका छन्।
पाँच दलीय गठबन्धनद्धारा शनिबार सार्लाहीको बरहथवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधिले नागरिकता समस्या हल गर्न कांग्रेसले अघि बढाएको विधेयक एमालेकै उक्साहटमा राष्टपतिले रोक्दा समस्या थप जटिज भएको बताए।
एमालेको मधेस र मधेसी जनताप्रतिको दमन र विभेदकारी नीतिकै कारण अहिले पनि लाखौँ नागरिक नागरिकताविहिन अवस्थामा समस्या झेलिरहनु परेको आरोप लगाउँदै उनले एमाले नेतृत्वको प्रतिगमनकारी गठबन्धन नागरिकका अधिकार दमन गर्नका लागि बनेकोले चुनाबपछि राष्टपतिलाई हटाएर भए पनि कांग्रेसले नागरिकता समस्या हल गर्ने कांग्रेस नेतृत्वको गठबन्धनले जित्न जरुरी भएको बताए।
साथै उनले पाँच दलीय गठबन्धनको जित पश्चात कांग्रेसले नै नागरिकता समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
सत्ता गठबन्धनलाई मत दिएर संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको जित सुनिश्चित गराउनु पर्ने उनको भनाई थियो।
आमसभालाई सम्बोधन गर्दै पूर्बमन्त्री एवं माओवादी नेता रामेश्वर राय यादवले जनमतको अपमान गरेर संसद विघटन गर्ने केपी ओलीलाई जनतासँग मत माग्ने अधिकार नभएको बताए। उनको प्रश्न थियो, संसद नचाहने ओलीलाई फेरी भोट किन? भनि प्रश्न समेत गरे।
आमसभालाई पूर्बमन्त्री चन्दा चौधरी, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह, सर्लाही क्षेत्र नं ३ का उम्मेदवार नगेन्द्र साह, ख का उम्मेदवार कांग्रेस नेता हरेश महतो, क का उम्मेदवार समाजवादीका डिल्ली उप्रेती, बिनोद खनाल, कौशलकिशोर राय लगायतका नेताहरुले अहिलेको अवस्थामा नागरिकता लगायतका समस्या समाधानका लागि सत्तागठबन्धनलाई मत दिनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय