हिमाल दैनिक
एमाले मतदाता रिझाउन कमल थापाले गरे ओलीको स्तुतिगान!
kamal and oli (1)
एमालेको चुनाव चिन्ह ‘सूर्य’ भाडामा लिएर चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले एमाले कार्यकर्ताको मत तान्न सत्ता गठबन्धनको विरोध र अध्यक्ष केपी शर्मा ओलीको स्तुतिगान गाउन थालेका छन्। मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो नयाँ पार्टी राप्रपा नेपालको तीर छाडेर एमालेको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थापाले विपक्षी गठबन्धनको आलोचना गर्ने क्रममा उक्त गठबन्धनलाई विदेशीको प्ररणामा बनेको गठबन्धनको संज्ञा दिएका छन्। थापाले सोमबार आफ्नो ट्वीटरमार्फत विपक्षी गठबन्धनका नेताहरुलाई भारतको नाकाबन्दीको विरोधमा बोल्न डराएको तर, ओली त्यसको विरुद्धमा डटेर लडेको मात्र होइन, भारतले कब्जा गरेको लिम्पियाधुरा समेटेर नयाँ चुच्चे नक्सा बनाएको भन्दै अरु भन्दा ओलीकै नेतृत्वको सरकार देशको हितमा हुने बताएका छन्। https://twitter.com/KTnepal/status/1591975003251249156 यसरी ओलीको स्तुतिगान गाउने क्रममा थापाले आफैले तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको पदमा रहँदा २०७२ पुस ६ गते तत्कालिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई मन्त्रिपरिषदको निर्णय कुटनीतिक मर्यादा विपरित जानकारी गराएको घटना भने बिर्सिएका छन्। तत्कालिन संविधान सभाले पारित गरेको नेपालको संविधान जारी नगर्न भारतले दिएको दबाबका बाबजूद तत्कालिन सरकारका प्रधानमन्त्री सुशील कोइरालासहितका नेताहरुले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि मधेसवादी दलको नाममा नेपाल–भारत सीमा नाकामा विरोध र बन्द हुनुका साथै भारतले अघोषित नाकाबन्दी गरेको थियो। संविधान जारी भएलगत्तै सरकारको नेतृत्व लिन पुगेको ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्नेदेखि राज्यका सबै निकायमा समानुपातिक, समावेशी प्रतिनिधित्वको सुनिश्चिता गर्ने तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र प्रदेशको सीमांकन गर्ने प्रतिबद्धता भारतीय सरकारसमक्ष व्यक्त गरेको थियो। यसरी भारतलाई रिझाउन तत्कालिन उपप्रधानमन्त्री थापाले कुटनीतिक मर्यादा र देशको स्वाभिमानलाई समेत ख्यालै नगरी मन्त्रिपरिषदको निर्णय परिपक्व नहुँदै सोझै भारत सरकारका विदेशमन्त्री सुष्मा स्वराजलाई जानकारी गराएका थिए। जसको जवाफमा भारतीय विदेश मन्त्रालयले नेपाल सरकारलाई पठाएको जवाफ अहिले पनि भारतीय विदेश मन्त्रालयको वेभसाइटमा सुरक्षित नै छ। यसका अतिरिक्त नेपालको अतिक्रमित भूभाग विगतमा तत्कालिन राजा महेन्द्र शाहले सन १९६२ तिर जतिबेला भारत र चीनबीचको युद्धका समयमा भारतीय सैनिक क्याम्प राख्न दिएको बताइन्छ। उक्त भूभाग फिर्ता ल्याउने क्रममा प्रतिनिधि सभामा रहेका सबै राजनीतिक दल र सांसदहरु (जनता समाजवादी पार्टी नेपालकी तत्कालिन सांसद सरिता गिरी बाहेक)ले एकमतले संविधान संशोधनको प्रस्ताव पारित गरेका थिए।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update