मोरङ ६ का स्वतन्त्र उम्मेदवार सुशील खड्काले प्रतिनिधि सभा सदस्य पदका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्किृय बनाएका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले प्रचारप्रसारलाई तिब्र बनाइरहेकै बेला मंगलबार स्वतन्त्र उम्मेदवारी दिएका खड्काले विराटनगरस्थित कोइराला निवासमा पुगेर आफ्नो समर्थन नेता कोइरालालाई रहेको वक्तव्यसहित आफ्नो उम्मेदवारी निष्किृय बनाएका हुन्।
आफ्नो हस्ताक्षरसहितको पत्र कोइरालालाई बुझाउँदै खड्काले नेपालको लोकतान्त्रिक आन्दोलन र नयाँ पुस्ताको भविश्य र एजेण्डा कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला नेतृत्वमा मात्र अगाडि बढ्ने विश्वास व्यक्त गर्दै आफ्नो उम्मेदवारी निष्कृय बनाएको घोषणा गरेका हुन्।
यसअघिको निर्वाचनमा झिनो मतको अन्तरले एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका कोइराला यसपटक भने अघिल्लो पटकको कमिकमजोरी हटाएर विजयको माला पहिरिने तयारीमा निर्वाचन क्षेत्रमा खटिइरहेका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय