हिमाल दैनिक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सभालाई सम्बोधन गर्न उहाँ आज गृहजिल्ला आउनुहुने भएको छ । कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवाले साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म यहाँ बस्नुभएको थियो । सो क्रममा उहाँले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उहाँ प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । उहाँ २०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आउनुभएको छ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दोस्रोपटक बैतडी आउनुहँदै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले आज सत्ता गठबन्धनद्वारा बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभाको तयारी पूरा भएको सत्ता गठबन्धनका चुनाव प्रचार–प्रसार संयोजक एवं नेपाली कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री देउवाले यही कात्तिक २३ गते बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । सो सभालाई उहाँसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सम्बोधन गर्नुभएको थियो । बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेशसभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update