हिमाल दैनिक
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन्। अपरान्ह १२ बजेसम्मको मतगणनामा सिंहले ८ सय १८ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्र मिश्रले ७ सय ३७ मतका साथ सिंहलाई पछ्याइरहेका छन् भने स्वतन्त्र पार्टी नेपालका उम्मेदवार पुकार बमले ५२८ र एमालेका किरण पौडेलले ४९६ मतका साथ पछिपछि आउँदैछन्।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update