राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आउने बितिकै आफुले अध्यक्ष पदबाट राजीनामा दिन खोजेको बताएका छन् ।
पार्टीका तर्फबाट निर्वाचित सांसदहरुलाई बधाइ दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफु सन्तुष्ट नरहेको र परिणाम आउने बितिकै आफुले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केहि समस्या आउने देखेर पछि हटेको बताएका हुन्।
उनले पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसावले आफुले लिने उल्लेख गरे । लिङ्देनले अहिलेको मतपरिणामको मूल्याङ्कन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेको भन्दै राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यताहरु स्थापीत गर्ने धारणा राखे ।
उनले आफुहरु मन्त्री खानका लागि कुनै नेताको घर नधाउने र कुनै पार्टीको पुच्छर बनेर नहिड्ने बताए । सरकारमा गएर वा नगएर कसैलाई समर्थन गर्नुपरे कारण खुलाउने उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय