नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा सोमबार बसेको समाजवादीको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा पार्टीका सांसद राजेन्द्र पाण्डेले प्रस्ताव गरेका थिए । त्यस्तै बैठकले दलको उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाललाई चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।
भुसालले अहिलेकै गठबन्धन दलहरुसंग सरकारका बिषयमा आवश्यक छलफल अघि बढाउने सचिवालयको निर्णयलाई संसदीय दलले समर्थन गरेको बताए ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्