हिमाल दैनिक
कांग्रेस संसदीय दलको नेतामा मनोनयन दर्ता, मतदान हुने तय
HimalDainik.com (52)
नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् भने महामन्त्री थापाको प्रस्तावक डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । कांग्रेस संसदीय दलको नेताको लागि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ । संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका ८९ सांसदहरुले मतदान गर्नेछन् । नेपाली कांग्रेसमा संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने प्रावधान छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update