हिमाल दैनिक
उम्मेदवारी फिर्ता लिन देउवालाई गगनको आग्रह
gagan-thapa (7)
नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एबम पार्टी सभापति देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि महामन्त्री थापाले उम्मेद्वारी फिर्ता दिन पार्टी सभापतिलाई आग्रह गरेका हुन् । थापाले कांग्रेसको भविष्यका लागि र परिवर्तनको पक्षमा संसदीय दलको निर्वाचनमा भाग लिन सांसदहरुलाई पनि आग्रह गरे । उनले पार्टीका अन्य नेताहरुलाई पनि मुलुकको भविष्यप्रति चिन्ता गरेर आफूलाई सहयोग गर्न आग्रह गरे । काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उमेदवारी फिर्ता लिएर परिवर्तनको बहाव खोलिदिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । मंगलबार संसदीय दलको नेताका लागि उमेदवारी दर्तापछि थापाले डा. शेखर कोइरालाले आफूलाई समर्थन गर्दै परिवर्तनको चाहनाको सम्बोधन गरेको बताए । देउवाले पनि परिवर्तनको आकांक्षाको सम्मान गर्नुपर्ने उनको भनाइ छ । “मेरो उमेदवारीको प्रस्ताव गर्नुभएका डा. शेखर कोइराला र समर्थन गर्ने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र मित्र प्रदीप पौडेलप्रति आभार प्रकट गर्दछु,” उनले भने, “सम्माननीय प्रधानमन्त्री तथा आदरणीय सभापति श्रद्धेय शेरबहादुर देउवाले उमेदवारी दर्ता गराइसक्नुभएको छ । अबको दुई घण्टापछि उमेदवारी फिर्ता लिने समय छ । शान्त मनले मनन गरेर उमेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा ऐतिहासिक निर्णय हुनेछ ।” त्यस्तै शेखर कोइरालाले मुलुकको स्थायीत्वका लागि आफुले थापालाई सहयोग गरेको धारणा राखे।  
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update