राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई चयन गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको राप्रपा संसदीय दलको बैठकले सर्वसम्मत रुपमा दलको नेतामा अध्यक्ष लिङ्देनलाई चयन गरेको राप्रपाका नेता दिपक बहादुर सिंहले जानकारी दिए ।
त्यस्तै बैठकले मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आवश्यक निर्णय लिने अधिकार पनि पार्टी अध्यक्षलाई दिएको छ भने निर्वाचनमा राप्रपालाई मत दिने मतदातालाइ धन्यवाद दिएको सिंहले बताए ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद निर्वाचित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय