आफूले तत्काल प्रधानमन्त्री बन्न नपाउने भएपछि गठबन्धनको औचित्य सकिएको घोषणा गर्दै बालुवाटारबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका छन्।
आफ्ना सहयोगी वर्षमान पुन र देव गुरुङलाई पहिले नै बालकोट पठाएर बालुवाटारमा पुगेका दाहाल कुरा नमिलेपछि सोझै बालकोट पुगेपछि अहिले ओली निवास बालकोटमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने र जसपा नेता अशाेक राईबीच वार्ता सुरु भएको छ।
कांग्रेससँगको गठबन्धन तोडिएको बताएका दाहालले ओलीसहितका नेताहरुलाई फकाएर आफ्नो नेतृत्वमा सरकार बनाउने कठिन प्रयास जारी राखेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई कायमै राख्दै पहिलो दुई वर्ष आफ्नो नेतृत्वमा सरकार बनाउने, त्यसपछिको दुई वर्ष दाहाल र अन्तिम एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेतृत्व दिने प्रस्ताव अघि सारेपनि दाहाल त्यसमा सहमत नभई तत्काल पहिलो दुई वर्ष आफैँले पाउनु पर्ने अडानमा अडिग रहेका थिए।
यसरी दाहाललाई अडान नछोड्ने अवस्था निर्माणका लागि कतिपय कांग्रेसकै नेताहरुको चुक्लिका कारण पनि भएको हुन सक्ने आशंका देउवा निकटस्थहरुले गर्न थालेका छन्।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय