नागरिक उन्मुक्ति पार्टीले दलको नेतामा अध्यक्ष रञ्ज्तिा श्रेष्ठ चौधरीलाई चयन गरेको छ ।
पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा यही पुष ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रेष्ठ चौधरीलाई दलको नेतामा चयन गरेको जानकारी दिएको हो । त्यस्तै, दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको छ ।
सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरी, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई छनोट गरेको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको छ ।
पत्रकार सम्मेलनमा दलका नेता रञ्जिता श्रेष्ठ चौधरीले आफू आफ्नो क्षेत्रका जनताका दरिलो आवाज बनेर उभिने बताईन । आफ्नो दलले अघि सारेका माग र मुद्दा सम्बोधन गराउन निरन्तर लागिरहने उनको भनाइ छ ।
उक्त दलले आगामी २०८० साल बैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टिकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्