नेकपा माओवादी केन्द्रले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
यसअघिको गठबन्धन जोगाउन आइतबार १२ बजेसम्म पर्खेको भएपनि कांग्रेसले यसअघि गरेको सहमति कार्यान्वयन नगरेकाले एमाले लगाएतका दलहरुसंग समझदारी बनेको उनले बताए । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि शेर बहादुर देउवाले बधाइ दिएको उनले बताए।
उनले नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार अपरान्ह सपथ दिने र सानो मन्त्रिमण्डल विस्तार हुने जानकारी दिए ।
हिजो दिनभर के भयो हो त?
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय