राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रतिनिधि सभासँगै राष्ट्रिय सभाको बैठक पुस २५ गतेको लागि आब्हान गरेकीछिन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार, नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा पुस २५ गते अपरान्ह १ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आब्हान गरेकी हुन्।
हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात बनेको नयाँ संसद र संसदीय दलबीचको नयाँ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार देशको नयाँ प्रधानमन्त्री पदको सपथ लिएलगत्तै बसेको नवगठित मन्त्रिपरिषद बैठकले दुबै संसदको अधिवेशन आब्हानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सोही निर्णयका आधारमा राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति प्रकासित गर्दै संसदको अधिवेशन आब्हान भएको हो।
उक्त अधिवेशनबाट नवनगठित सरकारका प्रधानमन्त्री दाहालले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम अबको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने छ।
कुनै बेला आरोप–प्रत्यारोपको ओइरो लगाउन व्यक्त नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच पछिल्लो चुनावी परिणाम पश्चात पुनः राजनीतिक सहमति गरी सरकारमा आलोपालो सत्ता नेतृत्व गर्ने सहमति बमोजिम दाहाल पहिलो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।
यसअघि दाहालले ओलीसँगको सहमतिको नाता तोडी नेपाली कांग्रेससँग सहमतिमा सरकारमा सहभागी हुँदै गत वैशाख र मंसिरमा सम्पन्न निर्वाचनमा एमाले विरुद्ध चुनावी तालमेल समेत गरेका थिए।
चुनावी परिणाम सार्वजनिक भएपछि सरकारको नेतृत्व लिने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल आफैँले नेतृत्व गर्ने भन्दै अडान लिएपछि आक्रोसित बनेका दाहालले देउवासँगको सहयात्रा टुंग्याउँदै बालकोट पुगेर ओलीसँग सहयात्राको बाटो तय गरेका थिए।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय