नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेतलाई मातृशोक परेको छ।
सांसद बस्नेतकी ममतामयी आमा कपिलकुमारी बस्नेतको ९९ वर्षको उमेरमा आइतबार काठमाडौस्थित आफ्नै निवासमा निधन भएको हो।
नेपालको प्रजातान्त्रिक आन्दोलनका एक स्वतन्त्रता सेनानी स्वर्गिय शिवध्वज बस्नेतकी धर्मपत्नी समेत रहेकी कपिलकुमारी स्वयंले पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
बस्नेतको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले एक अग्रज व्यक्तित्व गुमाएको बताएका छन्।
साथै, बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेत लगायत शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना समेत सभापति देउवाले प्रकट गरेका छन्।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय