नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २२ गतेका लागि तय गरिएको बैठक एकहप्ता पर सरेको छ।
हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, सरकार गठनको प्रक्रियामा माओवादी केन्द्रसँगको गठबन्धनमा आएको समस्या लगायत समसामयिक विषयमा छलफलका लागि शुक्रबारका लागि डाकिएको बैठक पुस २८ गतेका लागि सारिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन्।
पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको अधिवेशन पुस २५ गते प्रारम्भ हुने मितिलाई दृष्टिगत गर्दै कांग्रेस संसदीय दलको बैठक पुस २३ गतेका लागि डाकिएको छ।
विज्ञप्ति अनुसार, पुस २५ गतेदेखि सुरु हुने अधिवेशनमा नयाँ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते नै विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसले पुस २२ को केन्द्रीय कार्यसमिति बैठक २८ गते १ बजेका लागि तय गर्दै त्यो अगाडि संसदीय दलको बैठक बोलाएको हो।
पुस २३ गते सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अपरान्ह १ बजे बस्ने बैठकले आगामी संसदमा पार्टीको भूमिकाबारे छलफल र निर्णय गर्नेछ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय