हिमाल दैनिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन गरेको निर्णयप्रति कटाक्ष गरेका छन्। प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको मंगलबारको बैठकमा विश्वासको मत मागेपछि बोल्ने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले देशको समग्र समस्या समाधान गर्न प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति, सहकार्य र एकताको आवश्यकता अझै पनि रहेको बताउँदै रचनात्मक प्रतिपक्षी दलको रुपमा रहेपनि दाहाललाई विश्वासको मत दिने बताएका थिए।
@himaldainik मैले त शेरबहादुर जीले के गर्नु भएको थियो भनेर पो हेर्या झन् गुरु मान्दा मै माथि हमला! #KPSharmaOli #kpoli #SherBahadurDeuba ♬ original sound - Himal Dainik.com
त्यस लगत्तै बोल्न पुगेका ओलीले देउवाको उक्त निर्णयप्रति कटाक्ष गर्दै सरकारमा सहभागी नभएर पनि सरकारलाई समर्थन जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जस्तै कांग्रेसले गरेको हो भने त्यसको स्वागत गर्ने बताए। यसका अतिरिक्त उनले सभापति देउवाले संसदीय राजनीतिमा नयाँ भाष्य निर्माण गरेको बताउँदै यसलाई इतिहासले छलफल गर्ने बताए। साथै उनले कांग्रेसको समर्थन कुनै जाल झेल गरेर समर्थन गरेको भए भोलिका दिनमा यसमा कुनै माछा नपर्ने चेतावनी दिए।
@himaldainik अब संसदमा प्रतिपक्ष नै छैन के गर्ने! #kpoli #kpsharmaoli #pratinidhisabhanepal ♬ original sound - Himal Dainik.com
ओलीले यसअघिका दुई पटक संसद विघटन गरेको विषयमा देउवाले गरेको टिप्पणीको खण्डन गर्दै संसद विघटनको अभ्यास आफूले भन्दा पहिले कांग्रेस र त्यसका सभापति देउवाले गरेको आरोप लगाए।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update