हिमाल दैनिक
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले गरेको पटक पटकको संसद विघटनको असफल प्रयासलाई बचाउ गर्दै दिएको अभिव्यक्तिप्रति नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिवाद गरेका छन्। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलका क्रममा ओलीले संसद विघटनको घटना प्रतिगमन नभएको दाबी गर्दै यसका लागि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई गुरु मानेर विघटन गरेको दाबी गरेका थिए। यसका अतिरिक्त ओलीले नेपालमा ५१ सालको संसद विघटन गिरिजाप्रसाद कोइरालाले गर्नेदेखि ०५८ सालको संसद विघटनमा पनि देउवा संलग्न भएर निर्वाचन नगरेको आरोप लगाउँदै संसद आफूले मात्रै नभएर विगतमा देशभित्र र बाहिर बेलायत, जापान जस्ता मुलुकमा पनि हुने गरेको भन्दै आफूले यसअघि गरेको विघटन प्रतिगमन नभएको बताए। ओलीपछि संसदमा बोल्न पुगेका नेता नेपालले अहिलेको सरकार र संविधान विगतको संविधान र संसद जस्तो नभएको भन्दै ओलीले गरेको विघटन प्रतिगमन नै भएको दाबी गरे। साथै उनले यसअघि ०४७ सालको संविधान र संसदमा जुन प्रावधान थियो, त्यो प्रावधानले देशमा राजनीतिक अस्थिरता नआओस् भन्ने सुझबुझपूर्ण दृष्टिकोणले नै नयाँ संविधानमा विकल्प हुँदासम्म संसद विघटनको प्रावधान नराखिएको बताए। ओलीले संसदको पहिलो दिनकै बैठकमा ओलीले दिएको अभिव्यक्तिको आफूले प्रतिवाद गर्न चाहेपनि पहिलो दिन नै किन बादविवाद गर्ने भनि केही नभनेको तर, आज पनि सोही विचार आएपछि खण्डन गर्न बाध्य भएको बताए। साथै उनले सत्तासाझेदार दलकै नेताबाट विघटनको कुरा आउछ भने यसमा सरकारको विचार के हो भनि प्रश्न गरे।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update