प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट प्रचण्ड बहुमत प्राप्त गर्न सफल भएका छन्।
मंगलबार भएको विश्वासको मतमाथिको मतविभाजनमा नेकपा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा ४ को व्यवस्था बमोजिम विश्वासको मत माग्दै राखेको प्रस्तावको पक्षमा सत्तारुढ दलसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसद समेतले मत दिएपछि उनको पक्षमा भारी बहुमत जुटेको हो।
उनको पक्षमा इतिहासकै धेरै अर्थात २६८ मत परेको थियो भने उनको विपक्षमा जम्मा दुई मत जनमोर्चा र नेमकिपाका सांसदले दिए।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्