हिमाल दैनिक
प्रधानमन्त्री बनेको तीन हप्तापछि बल्ल विस्तार गरे दाहालले मन्त्रिमण्डल
PRO_KTM-6F8A0033(1)
नेकपा एमालेसहितको सात दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्न सफल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा नियुक्त भएको ठिक तीन सातापछि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको चरणबद्ध छलफल पश्चात सोमबार राती भएको सहमति पश्चात दाहालले मंगलबार मन्त्रिमण्डलको विस्तार गरे। दलीय भागण्डाका आधारमा मन्त्रालयको बाँडफाँट सकिएपछि उनले गरेको सिफारिसका आधारमा नवनियुक्त उप्रप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीको पद तथा गोपनीयताको शपथ दिलाइन्। प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले अन्य मन्त्रीहरुको पनि नियुक्तिसँगै कार्य विभाजन समेत गरेकी छिन्। यसरी आज मन्त्री पदको शपथ लिेनहरुमा माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सुशीला श्रीपालीले पर्यटन राज्यमन्त्रीको शपथ लिएसँगै मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यसैगरी राष्ट्रपति भण्डारीको सिफारिसमा एमालेबाट राष्ट्रिय सभा सदस्य रहेकी विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका तथा समाजकल्याण, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास मन्त्रीमा नियुक्त भएका छन्। त्यसैगरी राप्रपाका धुव्रबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् भने, दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। पहिलो पटक संसदीय राजनीतिमा होमिएर चौथो दलको रुपमा रहेको रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाली कांग्रेससँगको १८ महिना लामो गठबन्धनलाई तोड्दै एमालेसहितको गठबन्धनबाट पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुसर ११ गते पद तथा गोपनीयताको सपथ लिएका थिए। उक्त दिन प्रधानमन्त्री दाहालले तीन उपप्रधानमन्त्री र केही मन्त्रीको नियुक्त गरेपनि जिम्मेवारी वाँडफाँटको अन्तिम टुंगो लगाएका थिएनन्। त्यतिबेला उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए। एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिए पनि मन्त्रालयको टुंगो लागेको थिएन।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update