हिमाल दैनिक
राप्रपा संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही
Gyanendra Shahi
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एपं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन्। सामाजिक अभियन्ताको नामबाट राजनीतिक जीवनमा प्रवेश गर्दै राप्रपाबाट सांसद बनेका शाहीले हालै गठित सरकारमा मन्त्री पदको आशा राखेका थिए। तर, पार्टी नेतृत्वले आफूँसहित केही पुरानै नेताहरुलाई मन्त्रिमण्डलमा पाठइएपछि रुष्ट बनेका शाहीलाई फकाउने रणनीति अनुसार अध्यक्ष लिङदेनले बुधबार प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्ति अुनसार, पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेका हुन्। प्रमुख सचेतकको मुख्य भूमिका दल र सभामुखबीच समन्वय गरी सदनमा प्रस्तुत हुने एजेण्डाकाबारेमा सहजीकरण गर्नु हो। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा शाही जुम्लाबाट निर्वाचित भएका थिए। उनले सामाजिक संजाल र संचारमाध्यममा व्यक्त गर्दै आएका चर्का भाषण तथा लोकप्रियतावादी कुराका कारण उनलाई अधिकांशले मन्त्री बन्नसक्ने सम्भावित उम्मेदवारका रुपमा हेर्दै पनि आएका थिए।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update