हिमाल दैनिक
सत्ता गठबन्धनबाट सभामुख पदमा एमाले सांसद देवराज घिमिरेको उम्मेदवारी दर्ता
FmvNOjuaMAArTdG
प्रतिनिधि सभाको सभामुख पदका लागि नेकपा एमालेले सांसद देवराज घिमिरेलाई अघि बढाएको छ। संसद सचिवालयले तय गरेको निर्वाचन कार्यतालिका अनुसार, सत्ता साझेदार दलहरुको तर्फबाट एमाले सांसद घिमिरेको नाम निर्वाचन समितिसमक्ष बुधबार अपरान्ह दर्ता समेत भइसकेको छ। एमाले नेता योगेश भट्टराईका अनुसार, एमाले नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेर सांसद घिमिरेले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुख पदमा उम्मेदवारी दिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग सहमतिको अपेक्षा गर्दै अपरान्ह २ बजेसम्म दाहालको जवाफको पर्खाइमा बस्ने भएको छ। माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले प्रमुख राजनीतिक दलहरुबीच सहमतिका आधारमा संवैधानिक पदहरुमा प्रतिनिधित्वको व्यवस्था उपयुक्त हुने प्रस्ताव अघि सारेपनि उनैको दलका प्रमुख सचेतक नै एमाले सांसद घिमिरेको समर्थकमा बसेपछि दाहालबाट कांग्रेसले कुनै अपेक्षाकृत जवाफ पाउने सम्भावना हाललाई टरेको छ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update