प्रतिनिधि सभाको नयाँ सभामुख चयन प्रक्रियाका लागि संसदको बैठक सुरु भएको छ।
पूर्व निर्धारित कार्यतालिका अनुसार, बिहिबार बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक संसद भवन नयाँ वानेश्वरमा सुरु भएको हो।
जेष्ठ सदस्यको हैसियतले सांसद पशुपतिशम्शेर जबराले सभामुखको कुर्सीबाट बैठकको अध्यक्षता सुरु गर्दै आजको कारबाही सुरु गरे।
सभामुख पदका लागि सत्तारुढ दलको तर्फबाट नेकपा एमाले सांसद देवराज घिमिरे र विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेको मनोनयन दर्ता भएको छ।
उनीहरुको उम्मेदवारीबारे सदनमा मत विभाजनको प्रक्रियाबाट निर्णय गर्नु अघि प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विशेष समय लिएर माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गरे।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्