प्रतिनिधि सभाको सभामुख पदका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका देवराज घिमिरेको प्रस्तावक एमाले नेता सुवासचन्द्र नेम्वाङले हालै सम्पन्न निर्वाचनमा जनताले राजनीतिक दलहरुलाई मिलेर मुलुक अघि बढाउन दिएको मेण्डेट अनुसार चल्नु पर्ने बताए।
उनले सिंगो प्रतिनिधि सभालाई एकताबद्ध बनाएर अगाडि बढ्न नयाँ सभामुखको भूमिका निश्पक्ष रुपले संचालन गर्न घिमिरे सक्षम रहेको भन्दै उनलाई सभामुखमा निर्वाचित गर्न आग्रह गरे।
घिमिरेले लामो समय भूमिगत राजनीतिक जीवन यापन गर्दै राजनीतिमा गरेको बलिदान र दुःख गरेको कारण पनि उनलाई सभामुख पदमा निर्वाचित गराउन उपयुक्त हुने जिकिर गरे।
पूर्व सभामुख समेत रहेका नेम्वाङले यसअघि राष्ट्रिय सभा सदस्यको रुपमा समेत आफ्नो भूमिका निर्वाह गरिसकेको बताउँदै झापा २ बाट निर्वाचित घिमिरेलाई सभाको निश्पक्ष रेफ्रीका रुपमा चयन गर्न उपयुक्त हुने दाबी गरे।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय