उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिधि र पद्धती भन्दा बाहिर गएर गृहमन्त्रालयले कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदले हत्या अभियोगमा अदालतको आदेश बमोजिम प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएको जानकारी गराउँदै सभामुख चयन प्रक्रिया सुरु गर्नु अघि गृहमन्त्रीले कोइरीलाई मत दिन नपाउने विषय टुंगो लगाएपछि मात्र सदनको कारबाही अघि बढाउन माग गरेपछि खतिवडाको जवाफमा गृहमन्त्री लामिछानेले त्यसलाई दबाबको रुपमा परिभाषित गर्दै यस्तो अभिव्यक्ति दिए।
गृहमन्त्री लामिछानेले बिधि र पद्धती भन्दा बाहिर गएर गृहमन्त्रालय कुनै काम नगर्ने ग्यारेन्टी गर्दै कानूनी प्रक्रियामा कसैको दबा र प्रभाव स्वीकार नगर्ने बताए।
उनले बिधि स्थापीत गरेर कर्मचारीको सरुवा बढुवामा पनि बिधिसम्मत ढंगले काम गर्ने र कसैको भनसुन नलाग्ने, अपराध नियन्त्रणमा यस्तै किसिमको व्यवस्था गर्ने प्रतिवद्धता गृह मन्त्रालय टसमस नहल्लिएको स्पष्ट पारेर सत्तारुढ नेकपा एमाले र यसका सांसदको बचाउमा समय खर्चिए।
गृहमन्त्री लामिछानेले आगामी दिनमा पनि यसलाई प्रभावित गर्नका लागि कसैबाट कुनै पनि दवाव र प्रभाव आउनेछैन भन्ने विश्वास दिलाए।
त्यसअघि बैठकमा कांग्रेस सांसद खतिवडाले हत्याको अभियोग लागेको संसदमा रहेको सुनिएको भन्दै उक्त सांसदको मतदान प्रक्रिया रोक्न आग्रह गरेका थिए। कोइरीको विषयमा सरकार र गृह प्रशासन मुकदर्शक बनेर अदालतको अपहेलना र कानूनी शासनको उपहास भइरहेको आरोप लागेको बेला यसबार विपक्षी दलका सांसदले सरकारलाई स्मरण गराउँदा यसलाई दबाब र प्रभावको रुपमा परिभाषित गरे।
फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरी यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पनि संसदमा सहभागी भएका थिए।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय