हिमाल दैनिक
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जेजस्तै भएपनि अहिलेको परिस्थितिमा नेपाली कांग्रेसबाट सभामुख पदकी प्रत्यासी ईश्वरी न्यौपानेलाई आफ्नो दलको समर्थन रहने जानकारी दिए। प्रतिनिधि सभाको बिहिबारको बैठकमा सभामुख निर्वाचन प्रक्रियाको छलफलमा भाग लिँदै बोल्ने क्रममा उनले यसपाली संसदको तस्बिर पहिले पहिलेको भन्दा असाध्यै डरलाग्दो देखिएको बताए। संसदीय प्रणालीमा सत्ता र प्रतिपक्षी हुने भएपनि नेपालमा अलि बेग्लै रहेको बताए। हलो काट्न ७ भाइ वन गएको कथा सुनाउँदै बनमा गएका ५ भाईले रुख तल नजाओस् भनि कम्मरमा बाँधेर बसे दुई भाई माथि बसेर रुखको फेद काट्न लाग्दा रुख ढलेपछि पाँच भाई पनि तल गएपछि दुई भाइले पनि राम्रो काठ लिन पाँच भाइ तल गए भन्दै दुई जना पनि तलै झरेजस्तै भएको भन्दै अहिले सत्ताका लागि जोसँग जसले पनि सम्झौता गर्ने क्रमले देशको लोकतन्त्र धरापमा परेको उनले बताए। उनले सरकारका मन्त्रीहरुको तस्विरले हलो काट्न गएका भाइहरुकै हालत भएको भन्दै विगतको भन्दा यसपालीको संसद र सरकार गठनदेखि सरकारमा सहभागी पार्टीको विगत र वर्तमानले देशको अवस्था झनझन संकटपूर्ण स्थितिमा जान लागेको चिन्ता व्यक्त गरे। विगतमा निरंकुशताविरुद्ध लडेर जुन परिवर्तन आयो त्यसलाई संस्थागत गर्न नसक्दा अहिले पुरानाजति काम लागेनन् भनेर नयाँ आए पनि उनीहरुको पनि सरकारमा सहभागी भएपछि उनीहरुको अवस्था पनि देखिएको बताए। प्रमुख प्रतिपक्षी दलको रुपमा रहनु पर्ने कांग्रेसले विपक्षमा नबसी सरकारलाई समर्थन दिएपनि जे भएपनि जस्तो भएपनि छातीमा मुड्कीले हानेरै भएपनि यसअघिको गठबन्धनको सहयात्री दल कांग्रेसकै उम्मेदवार ईश्वरीी न्यौपानेलाई मत दिने जानकारी उनले गराए।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update