आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाको निगरानीमा रहेका उपरथी प्रेम शाहीमाथिको छानविन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाही विरुद्ध परेका उजुरीमाथि सेनाको कोर्ट अफ इन्क्वायरीले जाँच गरिरहेको र त्यसले प्रतिवेदन चाँडै बुझाउने बताए।
नेपाली सेनाको इतिहासमै उच्च पदस्थ सैनिक अधिकृतलाई निगरानीमा राखेर अनुसन्धान गरिएको यो दोस्रो घटना हो।
शाहीविरुद्ध प्रधानमन्त्री कार्यालयमा २०७८ असोज ७ गते दर्ता भएको २२६५ नम्बारको उजुरीमा पत्रमा शाहीले शक्तिमा रहदा आर्थिकसहितका अन्य अनियमितता गरेकोे आरोप लगाइएको थियो।
त्यस्तै सोही व्योहोराको उजुरी रक्षा मन्त्रालयमा २०७८ साल असोज ४ गते ९५५ र ९५६ दर्ता नम्बरमा दर्ता भएको थियो।
आर्थिक अनियमितता जस्ता गम्भिर विषयमा उजुरी परेकाले शाहीलाई भित्रै राखेर छानवीन गर्नु परेको सेनाको भनाई छ।
पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाको सहयोगीका रुपमा शाही आफु सैनिक अस्पतालको प्रमुख रहँदा आफु अनुकुलका निर्णय गर्न तत्कालिन जनशक्ति बाधक बनेपछि आफु निकटलाई मातहत ल्याएको आरोप समेत लागेको थियो। उक्त कार्य नियम विपरित भएको भन्दै करिब ५० जना अस्पतालमा कार्यरत प्राविधिकले राजीनामा समेत दिएका थिए।
यसरी सैनिक अस्पतालमा कार्यरत दक्ष प्राविधिकहरुले राजीनामा दिएर विभिन्न अन्य अस्पतालमा कार्यरत हुन थालेपछि छाउनीस्थित सैनिक अस्पतालमा प्राविधिकहरुको अभावमा समास्या उत्पन्न भएको अस्पताल स्रोतले जनाएको छ।
सैनिक अस्पतालमा रहदा औषधी खरिद, विभिन्न समानहरु खरिद र निर्माण कार्यमा चरम लापरबाही गरी ठूलो मात्रामा आर्थिक हिनामिना गरेको, विशेष फौज बाहिनीपति रहदा लक्ष्मी निवास भवनलाई पुर्ननिर्माण गर्दा चरम आर्थिक अनियमितता गरेकोदेखि पूर्णचन्द्र थापाको सैनिक सहायकको नियुक्तिमा रहदा प्रधान सेनापतिको कार्यालय पुर्ननिर्माण कार्यमा करिब तीन करोडको घोटला गरेको आरोप तत्कालिन उपरथी सिताराम खड्काले बुझाएको प्रतिवेदनमा उल्लेख भएपनि थापाले कुनै कारबाही नगरेको आरोप सेनाभित्र लाग्दैछ।
शक्तिको दुरुपयोगमार्फत शाहीले गरेको आर्थिक अनियमितताका सम्बन्धमा अहिले छानवीन भइरहेको छ। अनियमितताबाट आर्जित रकमबाट शाहीले कैलाली जिल्लाको बुढीतोला इलाकामा कालिज फार्म संचालन गरिएको, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १८ बडहरर्वामा रेष्टुरेण्ट तथा कृषि फार्म संचालन गरेको उजुरीमा उल्लेख छ।
पूर्णचन्द्र थापाको कार्यकालमा शाही उपरथीमा बढुवा भएका थिए। सेनाभित्रका विभिन्न अनियमितामा मुछिएका शाहीलाई सेनाभित्र विवादित अधिकारीका रुपमा लिने गरेका छन्।
उनीमाथि लागेका आरोपका विषयलाई ओझेलमा पार्ने गरी शाहीले आफ्नो उमेर विवादको मुद्दा लिएर सर्वोच्च पुगेको जंगी अड्डाको बुझाई छ। मुख्यालयको यसअघिको निर्णयलाई वास्ता नगरी न्यायलय पुगेपछि अवकासको मुखैमा उनी भ्रष्टाचारको आरोपमा सैनिक प्रहरीको नियन्त्रणमा परेका हुन्।
आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै गत पुस ७ गते नेपाली सेनाको जंगी अड्डा र रक्षामन्त्रालयविरुद्ध रिट बोकेर शाही सर्वोच्च अदालत पुगेका थिए।
शाहीको शैक्षिक प्रमाणपत्रमा दुईथरी उमेर देखिएको सैनिक स्रोतको दाबी छ। सैनिक मुख्यालयका अभिलेख अनुसार, उनी गएको पुस २० गते अवकासमा जादै थिए। अनिवार्य अवकाशमा जानेभएपछि घर विदामा रहेका शाहीलाई सर्वोच्च अदालतले एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो।
अदालतको आदेशमा उमेर छलेर रथी बन्ने दाउमा रहेका उपरथी शाही अन्ततः अवकासको मुखैमा सैनिक हिरासतमा परेका हुन्।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्