नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ।
मंसिर ४ गते सम्पन्न निर्वाचन पश्चात गठित नयाँ संसद र संसदबाट सरकार गठनको प्रक्रियामा पार्टी बाहिर परेपछि समसामयिक राजनीतिक विषय लगायतका मुद्दामा गम्भीर छलफल र निर्णयका लागि यसअघि पुसको २८ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गर्दै माघ १५ गतेका लागि डाकिएकोमा बिहिबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना प्रकासित नभएसम्मका लागि स्थगित भएको बताएका छन्।
राष्ट्रिय सभामा रिक्त एक स्थानका लागि हुन लागेको निर्वाचनका अतिरिक्त राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपूर्व केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका विविध विषयमा छलफल हुने अपेक्षा गरिएपनि बिहिबार मुख्य सचिव पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि बोलाइएको बैठक विशेष कारणवस अर्को सूचना प्रकासित नभएसम्मका लागि स्थगित गरिएको बताएका हुन्।
निर्वाचन परिणाम सार्वजनि भएलगत्तै पार्टीले सरकार गठनको प्रक्रियादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिनेदेखि सभामुख र उपसभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीको र कार्यसम्पादन समितिको बैठकबाट निर्णय हुँदै आएको छ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय