हिमाल दैनिक
रबि लामिछानेकाबारेमा अदालतको फैसलाप्रति प्रश्न उठाउँदै ओलीले सोधेः यो फैसलाले कसलाई न्याय पायो?
KP Oli
नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीले सर्वोच्च अदालतको रबि लामिछानेको नागरिकता विवादसम्बन्धी फैसलाबाट कसले न्याय पायो भनि प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले अदालतले न्याय सम्पादन गर्दा सामान्य प्रक्रियागत त्रुटिको आधार गरेको आदेशले लामिछाने अघिल्लो साताको शुक्रबार साँझदेखि आइतबार बिहानसम्म गैरनागरिक बन्न बाध्य भएको बताए। नेपाली नागरिकता परित्याग गरी अमेरिकाको नागरिकता लिएपछि पुनः नेपाल फर्किएर नेपाली नागरिकता कायम गर्न नागरिकता ऐन र नियमावली बमोजिम प्रक्रिया पूरा नगरेकोले उनी चुनावमा उम्मेदवर बन्न अयोग्य रहेको भन्दै अदालतमा परेको उजुरीको विषयमा ओलीले यसबाट उजुरीकर्तालाई के मर्का परेको थियो र उजुरी गरे भनि प्रश्न गरे। उनले भने, ‘उजुरीकर्ता व्यक्तिलाई रबिको विजयले के मर्का परेछ? अदालतको फैसलाबाट कसले न्याय पायो? कसलाई न्याय दिइयो? मैले अहिलेसम्म बुझ्न सकिरहेको छैन?’ संविधान र कानूनको उलंघन भयो भने राज्यले नियन्त्रण गर्ने कुरा भए पनि सम्मानित सर्वोच्च अदालतको फैसलाले कुनै तात्विक त्रुटिको महत्व नराखी फैसला गरेको दाबी उनले गरे। ‘रबि लामिछाने यहाँ ढोका खुला रहेछ भनि फुत्त भित्र छिरेको होइन, निर्वाचन आयोगमा वैधानिक रुपमा उम्मेदवारी दिएर सार्वभौमसत्ता सम्पन्न जनताको मतले निर्वाचित सांसद हो। तर, उ एउटा प्रक्रियागत त्रुटिको कारण पार्टी अध्यक्ष, उपप्रधानमन्त्री, गृहमन्त्री पद गयो। रबि लामिछानेलाई न्याय भएन भने कसले न्याय पायो? यसमा न्याय पाउने कुनै पनि देख्दिन। न संस्था न व्यक्ति,’ उनले भने। उनले हामी सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न चाहन्छौ भन्दै रबिसँग आफू र आफ्नो पार्टीको कुनै नाता सम्बन्ध सम्बन्ध नभएको दाबी गरे। उनले शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म उसँग कुनै नागरिकता नभएको र आइतबार बिहान फेरि पुरानै नागरिकता प्राप्त भएको घटना उल्लेख गर्दै उनले यो प्रक्रियागत त्रुटिका कारण उ नागरिकता बिहिन भयो। पर्सी आइतबार सच्याएर ल्याउ भनिएको भए हुने, त्यो भएन भनि आलोचना गरे। साथै उनले विदेशमा रहेका नागरिकको मतदानको अधिकारको कुरा गरिरहेको बेला मतदानको अधिकार हुन्छ भने उसँग उम्मेदवार पनि हुने अधिकार हुने दाबी गरे। अहिलेसम्म सरकारले विदेशमा रहेका नेपाली नागरिकको मताधिकारबारे कुरा गरेपनि कानूनी र कुटनीतिकसँगै प्रशासनिक र व्यवस्थापकिय तयारी गरेको छैन। साथै ओलीले निर्वाचन आयोगले उम्मेदवार हुन उपयुक्त छ भनि सदर गरेको दाबी गर्दै रबि लामिछाने विदेशी नागरिकता छाडिसेको व्यक्तिको विषय जुन फैसला भयो यसले गैरआवसिय नेपालीको नागरिकता र सम्पत्तिको अधिकारबारे के प्रभाव परेको होला? भन्दै यी विषयमा हामी गम्भीर भएर कानून निर्माण गर्नु पर्छ भनि सुझाव दिए। उनले भने, ‘सर्वोच्च अदालतले पनि बाइप्रोडक्ट असरलाई पनि ध्यान दिएर यस्ता मुद्दाको फैसला गर्नु पर्छ। यसमा कानून निर्माण गर्दा ध्यान दिनु पर्छ।’
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update