हिमाल दैनिक
रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत राख्दै उनको सरकारबाट भने पार्टी बाहिरिएको छ। नेपाली नागरिकताको विषयमा अदालतमा परेको मुद्दामा संवैधानिक इजलासले लामिछानेको उम्मेदवारी नै बदर गरिदिएपछि सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट हात धुनपुगेपछि पनि पुनः गैरसांसदलाई मन्त्री बनाउन पाउने अधिकारको बाटो प्रयोग गरी आफूलाई पुनः गृहमन्त्री बनाउन दाहाललाई दिएको चौतर्फी दबाबका बाबजूद परिणाम ननिस्किएपछि आइतबार रास्वपा सरकारबाट बाहिरिएको हो। सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको साथ र समर्थनमा दबाब दिँदा पनि दाहालले उनलाई गृहमन्त्री वा कुनै मन्त्री बनाउन तयार नभएपछि लामिछानेले आइतबार पार्टी संसदीय दल र केन्द्रीय कार्यसमिति बैठकको निर्णयमार्फत सरकारबाट बाहिरिने निर्णय गरेका हुन्। दाहाललाई दिएको समर्थन भने हाललाई रास्वपाले यथावत नै राखेको छ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update