हिमाल दैनिक
रास्वपा सांसदलाई न्यौपानेको प्रश्नः एक थान मन्त्री बन्न करोडौँ खोज्दै हिँड्दा लाज लाग्दैन?

नेपाली कांग्रेसकी नेतृ एवं सांसद ईश्वरी न्यौपानेले मुलुक आर्थिक रुपले जर्जर बन्दा जनता दैनिक आधारभूत आवश्यकता परिपूर्ति गर्न नसक्ने अवस्थामा पुगिरहेकै बेला सांसद मन्त्री बन्नैका लागि पार्टी नेतृत्वलाई भेटी चढाउन विचौलिया खाज्दै हिँड्दा लाज लाग्दैन भनि प्रश्न सोधेकी छिन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सून्य समयमा बोल्दै सांसद न्यौपानले आइतबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग स्वास्थ्य मन्त्री बन्नका लागि अध्यक्ष रवि लामिछानेलाई बुझाउन २ करोड रुपैयाा मागेको अडियो सार्वजनिक भएको विषयतर्फ लक्षित गर्दै यस्तो प्रश्न गरेकी हुन्।

उनले भनिन्, परिवारको आधारभुत आवश्यकता पूरा गर्ने परिस्थिती देशमा नभएपछि ५० डिग्रीको घाममा काम गर्न बिदेशीन बाध्य छन्, नेपालीहरू।खुलाआकाशमा उडेर गएकाहरु बन्द बाकसमा फर्किन्छन्, ऋषिमुनि, देवदेवता एवं बुद्धभुमिका मानव हामी दानवको रुपमा प्रस्तुत हुन्छौ, ती दाजुभाईको लासबाट पनि कसरी पैसा असुल्ने ढुकेर बस्छौ, केही बहुमुल्य चिज छ कि भनेर बाकस फोर्छौ, मृतकको बिमा रकम समेत हत्याउन पछि पर्दैनौ।’

देशको आर्थिक अवस्था टाट पल्टिने अवस्थामा पुगेको तथा सर्वसाधारण जना विभिन्न किसिमका ऋणको भारमा परी जोखिमपूर्ण जीवन जीउन बाध्य भइरहेको गम्भीर परिस्थितिप्रति लक्षित गर्दै उनले यस्तो अवस्थामा पनि मन्त्री बन्न करोडौँको डिल गर्दै हिँडेका समाचारले लाज लाग्ने अवस्था आएको बताइन्।

उनले भनिन्, ‘जनता ऋणमा चुर्लुम्मै डुबेका छन्, पेटमा माड हाल्न समेत धौ धौ, कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने आजको परिस्थितिमा  जनताका प्रतिनिधि हामी सांसद एकथान मन्त्री बन्न पार्टीलाई रकम बुझाउनु पर्छ भन्दै अमुक व्यक्तिसँग करोडौको डिल गरेको समाचार आउँछ, लाज लाग्दैन हामीलाई? के आधारमा जनताका प्रतिनिधि भन्ने?’

नेपालको ऐतिहासिक पृष्ठभूमिको संस्मरण गर्दै उनले थपिन्, ‘हिजो कस्तो थियौ, कसरी विश्वसामु चिनिन्थ्यौ, आज कहा छौ? संबेदनसिल भएनौ भने, देवभुमी, बुद्धभुमिको देश हैन हाम्रो परिचय फेरिनेछ, मानवरुपी दानवको देश हुनेछ। बेलैमा सचेत होउ।’

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update