हिमाल दैनिक
कांग्रेस नेता एनपी साउद परराष्ट्र मन्त्रीमा नियुक्त, राष्ट्रपतिले गराए सपथ
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित समारोहमा नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य नारायण प्रकाश (एनपी) साउद परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन्।

सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले साउदलाई विगत डढे महिनादेखि रिक्त रहँदै आएको परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा मन्त्री नियुक्तिको सिफारिस गरेका थिए।

प्रधानमन्त्री दाहालको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहकाबीच साउदलाई पद तथा गोपनीयताको सपथ दिलाए।

कांग्रेसको भागमा परेको उक्त मन्त्रालयमा साउदको नियुक्ति पश्चात प्रधानमन्त्री दाहालको आसन्न भारत लगायतका विदेश भ्रमणको तयारी मात्र होइन, नेपालको कुटनीतिक सम्बन्ध विस्तारका लागि मन्त्रीको भूमिका सक्रियता बढ्ने वातावरण बनेको छ।

मन्त्री पदको सपथ लिएलगत्तै नवनियुक्त परराष्ट्र मन्त्री साउदले सिंहदरबारस्थित पराराष्ट्र मन्त्रालयमा पुगी आजै अपरान्ह पद बहाली गरिसकेका छन्।

NP1681642167.jpg

डडेल्धुरामा जन्मिएका साउदले नेपालका विभिन्न लोकतान्त्रिक आन्दोलनमा चारदशकदेखि सक्रिय रहँदै कांग्रेसको विद्यार्थी संघ नेपाल विद्यार्थी संघको सभापतिदेखि विगतमा पटक पटक कञ्चनपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै विभिन्न मन्त्रालयको जिम्मेवारी निर्वाह समेत गरिसकेका छन्।

नेकपा माओवादी अध्यक्ष दाहाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी कांग्रेसले यसअघिको सहमति बमोजिम प्राप्त गरेका मन्त्रालयको आन्तरिक भागवण्डामा सहमति नहुँदा मन्त्रिमण्डलले पूर्णता पाउन सकिरहेको थिएन।

साउदको नियुक्ति पश्चात पनि कांग्रेस नेता शेखर कोइराला नेतृत्वमा रहेको अल्पमत पक्षका नेताहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउन अझै बाँकी नै छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update