हिमाल दैनिक
रवि र उनका समर्थकले नाराबाजी गर्दै मतदानस्थलमा पुगेपछि चिनवनको एक बुँथमा मतदान प्रक्रिया स्थगित

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नाराबाजी गर्दै मतदान स्थलमा पुगेपछि स्थिति तनावग्रस्त हुँदा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ।

भरतपुर महानगरपालिका–११ को नयाँकिरण माविस्थित मतदान स्थलमा लामिछाने पग्दा उनका समर्थकले नाराबाजी गर्दै मतदानस्थलमा प्रवेश गर्न खोजेपछि अन्य दलका नेता कार्यकर्ताले विरोध जनाए।
बिहान ७ बजेदेखि शान्त वातावरणमा मतदान जारी रहेको उक्त बुँथमा लामिछाने र उनका समर्थकले गरेको निर्वाचन आचारसंहिता विपरितको कार्यले उब्जिएको विवादका कारण अहिले ११ः३० बजेबाट मतदान स्थगित भएको हो।

रविले निर्वाचन आचारसंहिताको ठाडो उलंघन गर्दै आजै बिहान मात्रै पनि सामाजिक सञ्जालमा लाइ भभिडियो मार्फत आफू र आफ्नो पार्टीका उम्मेदवारहरुको पक्षमा मत मागेका थिए। 

यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो। अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए।

नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन्।

यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले १२ बजेसम्म ३७ प्रतिशत मत खसेको बताइएको छ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ।

यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन्। त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन्।

यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र रास्वपाबाट लामिछानेसहित २२ उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो।

यसका बाबजूद अझै पनि लामिछानेको राहदानी विवादको विषय सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ। यदी उनले फौजदारी संहिताको विपरित नक्कली कागजात पेश गरेर लिएको राहदानीको विषयमा अदालतले कानून बमोजिम कारबाही गरेको खण्डमा लामिछानेलाई जेल, सजाय हुन सक्ने बलियो सम्भावना रहेको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update