हिमाल दैनिक
संसदमा अमरेश सिंहको नांगो नाँच, अशिष्ट र अमर्यादित हर्कद रोक्न सभामुखको चेतावनी

प्रतिनिधि सभा बैठकमा पछिल्लो समय चर्का भाषण गरेर चर्चाको केन्द्रमा पर्न लालयित स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको बैठकमा संसदीय नियमावली र सांसदको मर्यादा विपरित उत्रिँदा सभामुखले उनलाई कारबाहीको चेतावनी दिनु परेको छ।

सरकारको वार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि कार्यव्यवस्था परामर्श समितिको सुझाव बमोजिम सभामुख देवराज घिमिरेले बैठकको कारबाही अघि बढाउन खोजेपछि स्वतन्त्र सांसद सिंहसँगै नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले उठेर बोल्न समय दिन माग गरे।

तर, सभामुख घिमिरेले आजको बैठकमा आकस्मिक तथा विशेष समय नराखेको जानकारी दिँदै सिटमा बस्न र सदनको कारबाही सूचारु गर्न सहयोग गर्न पटक पटक आग्रह गर्दै पूर्वनिर्धारित कार्यसूचि बमोजिम बैठकको कारबाही अघि बढाउन कोशिश गरे।

सभामुख घिमिरेले सून्य समयमा बोल्न समय दिने तयारीका साथ कार्यसूचिमा प्रवेश गर्दैगर्दा सभामुखको आग्रह लत्याउँदै आक्रोसित बनेका सिंहले फटाफट आफ्नो जुहारीकोट फुकालेर सर्टको टाँक खोले। सर्ट खोलेर अगाडिको सिटमाथि राखेर कराउँदै गरेका सिंहलाई त्यतिले पनि नपुगेपछि भित्रि गञ्जी समेत खोलेर अर्धनंग् नबनेर कराइरहे।

Amresh K Singh11683533609.jpg

उनको उक्त गतिविधिलाई आपत्तिजनक व्यवहारकोे संज्ञादिँदै सत्ता र प्रतिपक्षी दलका सांसद तथा महिला सांसदहरुले उठेर विरोध जनाउँदै उनलाई नियमावली बमोजिम कारबाहीको माग गरे।

त्यसपछि सभामुख घिमिरेले कपडा खोलेर सदनभित्र असभ्य व्यवहार नदेखाउन चेतावनी दिए।

सभामुखको पटक पटकको आग्रहलाई वेवास्ता गर्दै अर्धनग्न भएपछि सभामुख घिमिरेले नियमावलीको दफा ३० को बाचन गर्दै सदनमा अशिष्ट, अभद्र र अमर्यादित गतिविधि नगर्न चेतावनी दिँदै अन्यथा नियमावली बमोजिम कारबाही गर्ने धम्की दिए।

त्यसपछि विस्तारै सिंहले आफ्ना कपडा लगाए। सभामुख घिमिरेले पूर्वनिर्धारित कार्यसूचि बमोजिम सांसदहरुलाई सून्य समयमा बोल्न समय दिए।

यसरी सून्य समयमा बोल्ने क्रममा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने र एमाले सांसद अच्यूतप्रसाद मैनालीले सिंहको गतिविधि र व्यवहारलाई गम्भीरतापूर्ण लिँदै उनको मानसिक अवस्थाको स्वास्थ्य जाँचगरी उपचार गरिदिन आग्रह गरे।

 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update