हिमाल दैनिक
संसद बैठक बस्न विलम्बः प्रधानमन्त्री दाहालको जवाफ कुरेर बैस्दै सांसदहरु

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भनि तय गरिएको बैठक पूर्वनिर्धारित समयभित्र बस्ने सकेन।

सभामुख देवराज घिमिरेले यसअघि नै तय गरेको कार्यतालिका अनुसार, बिहिबार बिहान ११ बजेका लागि डाकिएको बैठक करिब डेढघण्टा ढिलो हुँदापनि बस्ने सुरसार छैन।

पूर्वनिर्धारित कार्यतालिका अनुसार, संसदमा रहेका दलहरुको सांसद संख्याको आधारमा सबै दलबाट मिलाएर १५ जना सांसदले तीन दिन अघि नै लिखित रुपमा संसद सचिवालयमार्फत पठाएका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले आजको बैठकमा दिने भनिएको थियो।

तर, बैठक सुरु हुने आशामा सांसद सदस्यहरु बैठक कक्षमा समयमै पुगेपनि प्रधानमन्त्री कार्यालयबाट लिखित प्रश्नको लिखित जवाफको तयारीमा केही समय लागेपछि आजकोे बैठक केही ढिला हुन पुगेको बताइएको छ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update