हिमाल दैनिक
कैलालीको खक्रौला भन्सार नाकामा तत्काल क्वारेन्टाइनको व्यवस्था गर्न सांसद न्यौपानेको माग

नेपाली कांग्रेसकी नेतृ एवं सांसद ईश्वरीदेवी न्यौपानेले कैलाली जिल्लाको खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा तत्काल क्वारेन्टाइनको व्यवस्था गर्न सरकारसँग माग गरेकीछिन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सून्य समयमा बोल्दै सांसद न्यौपानले २०५२ सालदेखि उक्त भन्सार नाकामा क्वारेन्टाइनको व्यवस्था भई ०५९ सालसम्म संचालनमा रहेपनि पछिल्लो समयमा उक्त नाकामा क्वारेन्टाइनको सुविधा नहुँदा उक्त नाकाबाट फलफूल, खाद्यन्न, कच्चा पदार्थ लगायतका सामाग्री आयातमा स्थानीय बासिन्दादेखि उद्योग व्यवसायीहरुले समस्या झेलिरहेको भन्दै उक्त नाकामा क्वारेनटाइनको व्यवस्था गरिदिन सरकारसँग माग गरिन्।

उक्त क्षेत्रका स्थानीय बासिन्दादेखि उद्योग व्यवसायीहरुले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई ध्यानाकर्षण गराउँदै पत्रपत्रिका र म्यासेजमार्फत झक्झकाइरहेको जानकारी दिँदै उनले यदी यसबारे सरकार र सरोकारवाला निकायले उक्त समस्याको समाधानका लागि पहल नगरे आफूहरु पनि जनतासँगै सडक आन्दोलनमा जानुको विकल्प नभएको चेतावनीपूर्ण आग्रह गरिन्।

उनले सदनमा बोल्दै भनिन्ः     
'हल्लो कैलाली क्षेत्र नं १ का माननियज्युहरु! आफ्नो क्षेत्रमा क्वारेन्टाइन ल्याउने ल्याकत छ कि नाई?

सभामुख महोदय,

त्यस क्षेत्रको समस्यालाई पत्रिका मार्फत जनताका प्रतिनिधिलाई झक्झकाएको वाक्य हुन ती!

कैलालीको खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइनको माग गर्दै टिकापुर उद्योग बाणिज्य संघ आन्दोलनमा उत्रिएको छ।
२०५२ सालमा शैलजा आचार्य कृषि मन्त्री हुदा आएको क्वारेन्टाइन २०५९साल सम्म सञ्चालनमा थियो
२०७५ असार २० गतेको मन्त्रीपरिषदको निर्णयले खक्रौला भन्सारलाई  मुल भन्सारमा स्तरोन्नति गरेपनि भन्सार कार्यालयमा क्वारेन्टाइनको व्यवस्था नहुँदा फलफुल, खाद्यान्न, खाद्य जन्य कच्चापदार्थ लगायतका अन्य सामान समेत आयात गर्दा यस क्षेत्रका बासिन्दा व्यापारी,उद्योगपतिले अनेकौ समस्या झेल्दै आइरहेकाछन्।

क्वारेन्टाइन नहुँदा भारतिय सीमावर्ती तिकुनियाबाट त्यहाँको भञ्सार तिरिसकेपछि सिधै खक्रौलाबाट भञ्सार तिरेर सामान ल्याउन मिल्दैन नेपालगन्ज या धनगढी जानुपर्ने बाध्यता छ। सरकारको दृष्टि पुगोस,खक्रौला भन्सारमा छिटै क्वारेन्टाइनको ब्यवस्था गरियोस्।

सभामुख मार्फत सम्बन्धित मन्त्रीज्युको ध्यानाकर्षण गराउछु।

अन्यथा जनताका प्रतिनिधि हामी जनतासँगै सडकमा जानुको बिकल्प छैन। धन्यवाद।'

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update