हिमाल दैनिक
कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा नेकपा ९एमाले० का सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाउनुभयो । सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे स्पष्ट पार्न समय दिनुभएको थियो ।

    बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताउनुभयो । तर सचेतक बर्तौलाले सो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढन् नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट उक्त मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गर्नुभएको थियो ।

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update