हिमाल दैनिक
मुख्यमन्त्री कार्कीले विश्वासको मत गुमाए, कोशी प्रदेशमा राजनीतिक अन्यौलताको स्थिति उत्पन्न

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाको विश्वास गुमाएसँगै उक्त प्रदेशमा नयाँ राजनीतिक परिस्थिति उत्पन्न भएको छ।

शुक्रबार अपरान्ह बसेको प्रदेश सभा बैठकमा एमाले नेता एवं मुख्यमन्त्री कार्कीले आफूमाथि संविधानको प्रावधान बमोजिम सदनको विश्वास छ भनि राखेको प्रस्तावको पक्षमा प्रदेश सभाको कुल संख्याको स्पष्ट बहुमत नजुटेपछि उनले नेतृत्व गर्दै आएको सरकार अल्पमतमा परेको हो।

प्रदेश सभाका सभामुखले मतपरिणाम सार्वजनिक गर्दै कुल ९३ सदस्यमध्ये आजको बैठकमा उपस्थित ८९ सदस्यहरुले मतदानमा भाग लिएकोमा कार्कीको प्रस्तावको पक्षमा जम्मा ४६ मत परेको थियो भने विपक्षमा ४३ मत परेको जानकारी दिए।

कार्कीले सरकारको नेतृत्व टिकाइराख्न आवश्यक ४७ सदस्यको समर्थन जुटाउन नसकेपनि उनको विपक्षमा उभिएका दलहरुले पनि त्यो मत पुर्याउन सकेनन्।

अब यदी उक्त प्रदेश सभामा संविधानको व्यवस्था बमोजिम कुनै पनि दल वा व्यक्तिले बहुमत जुटाउन सकेनन् भने उक्त प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना कसैले टार्न सक्नेवाला छैन। उक्त प्रदेशमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धनको सरकार हुँदा उपेन्द्र यादवको जनता समाजवादी पार्टीको एक सांसदको मत निर्णयक हुने मात्र होइन, प्रदेश सभामुखले पदबाट राजीनामा दिएर माओवादी, कांग्रेस, नेकपा एकीकृत समाजवादीको गठबन्धन बन्दा पनि या त नयाँ गठबन्धनलाई राप्रपाले अथवा जसपाका एक सांसदले समर्थन जनाउनु पर्ने बाध्यात्मक परिस्थिति बनेको छ।

 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update