हिमाल दैनिक
राज्यका हरेक निकायमा आदिवासी जनजातीको सहभागीता सुनिश्चित हुनै पर्छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यका हरेक निकायमा आदिवासी जनजातीको सहभागीता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसले सदैव समावेशीताको मुद्दालाई जोडदार रुपमा उठाउदै आएको उल्लेख गर्दै राज्यका हरेक निकायमा आदिवासी जनजातीको सहभागीता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका हुन्।
उनले आदिवासी जातजातीको भेषभुषा, भाषा, संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने उल्लेख गर्दै यसले देशको पर्यटन व्यवसायलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।

नेपालको राजनीतिमा क्रियाशील राजनीतिक दल र नेताहरुमध्ये सभापति देउवा नै सम्भवत् त्यस्तो पहिलो व्यक्ति हुन् जसले आफ्नो दलको केन्द्रीय संरचनामा सबै जातजाति, भाषाभाषीको प्रतिनिधित्व हुनेगरी कर्णाली, दलीत, महिला, जनजाति, मधेसी (कदमजम)को नारा व्यवहारमा लागू गरेका थिए।

कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले देशलाई भ्रष्टाचारको भुमरीबाट बाहिर निकाल्ने मिशनबाट सरकार पछि नहट्ने र एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्दै जाने बताए।

उनले गठबन्धन सरकार ढल्ने हल्लाले सरकारलाई कुनै हालतमा कमजोर नवनाउने जिकिर समेत गरे।

त्यस्तै कांग्रेस नेता भिष्मराज आङदम्बेले पार्टीका तर्फबाट दुबै उपसभापति सरकारमा जानुको कारणबारे आफु अनविज्ञ रहेको उल्लेख गर्दै एक जनाले पार्टी र अर्कोले सरकारमा नेतृत्व गरेको भए उपयुक्त हुनसक्ने सम्भावना देखेको बताए।

विगत लामो समयदेखि विभिन्न कारणबस पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेर राष्ट्रिय राजनीतिका मुल मुद्दामाथि छलफल र निर्णय गर्न नसकेकेोप्रति असन्तुयिष्ट व्यक्त गर्दै उनले अहिले पार्टीको केन्द्रीय समिति कर्मचारीले चलाएको जस्तो देखिएको गुनासो पनि गरे।

त्यस्तै कार्यक्रममा अन्य कांग्रेस नेताहरुले पार्टीप्रति आम कार्यकर्ता र जनताले गरेको अपेक्षा पुरा गर्नका लागि नेतृत्व गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update