हिमाल दैनिक
प्रधानमन्त्री दाहालले पदमा बसिरहने राजनैैतिक र नैतिक आधार गुमाएः एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहालले जनादेशको अपमान गरेको निष्कर्ष निकालेको छ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले गत सोमबार भारतीय व्यापारी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउन पटकपटक व्यवसायी सिंह दिल्ली गएको भन्ने अभिव्यक्ति दिएर उनले सार्वभौमसत्ता सम्पन्न मुलुकको स्वाभिमान र संसदको गरिमामाथि नै आँच पुर्याएको आरोप लगाउँदै प्रधानमन्त्री दाहालले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको निष्कर्ष निकालेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनले मुलुकको प्रधानमन्त्रीको बिषय व्यक्तिगत नभएर देशको स्वाभिमानसँग जोडिएको विषय भएकाले दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको जिकिर गरे।

यसकारण प्रधानमन्त्रीले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाएकाले भन्दै सचेतक बर्तौलाले यसबारे आफ्नो दलले सदनमा सशक्त आवाज उठाउने जानकारी दिए।

प्रधानमन्त्रीको अभिव्यक्तिको संसदबाट कडा रुपमा आवाज उठाउने जानकारी बर्तौलाले दिएलगत्तै बसेको राष्ट्रिय सभाको आजको बैठकमा विपक्षी दलको विरोध पश्चात बैठक अवरुद्ध भएको छ भने प्रतिनिधि सभाको अपरान्ह ३ बजेका लागि तय गरिएको बैठक अहिलेसम्म पनि बस्न सकिरहेको छैन।

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update